झापा , पुष २६ । झापा, मोरङ र सुनसरी जिल्लाका सिमावर्ति क्षेत्रबाट अवैधरुपमा भन्सार छलि चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा विभिन्न प्रकारका रेडिमेड कपडा, खाध्यान्नका सामग्री, ईलेक्ट्रोनिक्स सामानहरु, खैनी तथा कस्मेटिक सामानहरु प्रहरीले बरामद गरेको छ ।

तिन वटै जिल्लाका सिमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रणमा खटिएको प्रहरी टोलीले झापा जिल्लाबाट १ लाख १५ हजार रुपैयाँ बराबरको समान बरामद गरेको छ भने सुनसरी जिल्लाका विभिन्न स्थानहरुबाट अन्दाजी १ लाख ७३ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो । यसैगरी मोरङ जिल्लाका विभिन्न स्थानहरुबाट १ लाख ५० हजार रुपैयाँ बराबरको सामान बरामद भएको छ । अवैध सामग्रीहरु आवश्यक कारवाहीको सम्बन्धीत भन्सार कार्यालयहरुमा बुझाईएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्