झापा, पुष २६ । झापामा आगोले जलेर एक बृद्धाको मृत्यु भएको छ ।

मंगलवार बिहान १०.३० बजे कचनकवल गाउँपालिका वडा नं. १ कुटी बस्ने ७० वर्षिया हेमप्रभा माझीको जलेर मृत्यु भएको हो । घर बाहिर पराल बाली आगो ताप्ने क्रममा अचानक शरीरको विभिन्न भागमा जलेर घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएकोमा दिउँसो १ बजे उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्