बिर्तामोड, पुष २६ । मकैको खोस्टा र बाँसको चोयाबाट फूलको सजावटको सामग्री बनाउने १५ दिने व्यवसायिक तालिम मंगलवार बिर्तामोडमा सम्पन्न भएको छ ।

उद्योग वाणिज्य तथा आपूृर्ति मन्त्रालयको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजना तथा चेम्बर अफ कमर्स झापाको सह–आयोजनामा सो तालिम सम्पन्न भएको हो । तालिममा ४७ जना महिलाहरुको सहभागिता रहेको थियो । सहभागीहरुले मकैको खोस्टाबाट फूल बनाउने सिकेको सीपलाई व्यवसायको रुपमा लैजाने बताएका छन् ।

चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण बिमलीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको तालिम समापन कार्यक्रमका वक्ताहरुले सिकेको सीपलाई श्रमसंग जोड्न , श्रमलाई बजारमा जोडेर बजारलाई व्यवस्थित गरी आयातलाई निषेध गर्नुपर्ने बताएका थिए । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रसाईसंगै बिर्तामोड ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा , वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै प्रशिक्षार्थीका तर्फबाट हेमा भण्डारीले बोलेकी थिइन् ।चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष सुवास भट्टराईले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव प्रदीप खरेलले गरेका थिए ।

कार्यक्रममा बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङ, अलैची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई , बिर्तामोड लायन्स क्लबका अध्यक्ष बलराम कार्की , नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता खरेल विमली ,कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमल पौडेल , बिर्तामोड उद्योग वाणिज्य संघकी उपाध्यक्ष नैनकला भट्टराई , महिला चेम्बर अफ कमर्सका अध्यक्ष प्रेमा भट्टराईलगायतको उपस्थिति रहेको थियो । पुष १२ गतेदेखि शुरु भएको तालिममा तारा थापा र बिरीराम पहरीले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्