बिर्तामोड, पुष २७ । झापाको बिर्तामोडमा बिहीवार बजाज कम्पनीले ‘मापसे’ चेक प्रतियोगिता गर्ने भएको छ ।

बजाजको हंशराज हुलासचन्द एण्ड कम्पनी र बिर्तामोडको मेची पावर मोवाइल्स ट्रेडले संयुक्त रुपमा माइलेज पर्फमेन्स सेफ्टी(मापसे) कार्यक्रम गर्न लागेका हुन् ।

बजाजको पल्सर एनएस १२५ सीसी मोटरसाइकलमा माइलेज जाँच गर्न उक्त कार्यक्रमको आयोजना गरिएको मेची पावर बिर्तामोडका सञ्चालक मनोज वंशलले जानकारी दिए । उनका अनुसार १ सय एम.एल पेट्रोलमा जसले लामो दुरी मोटरसाइकल कुदाउँछ, उसलाई कम्पनीले पुरस्कृत गर्ने छ । उक्त कार्यक्रममा पहिलो, दोस्रो र तेस्रो हुनेलाई कम्पनीको तर्फबाट ट्रफीसहित गिफ्ट आइटम प्रदान गरिने बंशलले जानकारी दिए ।

चारपानेदेखि दक्षिण पुरानो ट्रायल सेन्टरमा विहान ९ बजेदेखि कार्यक्रम शुरु हुने कम्पनीका प्रतिनिधि महेश्वर मण्डलले जानकारी दिए । एक चरणमा पाँच जना सहभागी गराइने कार्यक्रममा सय जना सहभागी हुने अनुमान गरिएको छ ।कम्पनीको कुरामा मात्र नलागी उपभोक्ताले मोटरसाइकलको आफै माइलेज जाँच गर्न सकून् भन्ने उद्धेश्यले मापसे कार्यक्रम आयोजना गरिएको बंशलले बताए ।

यसअघि पुष १४ गते पर्सामा त्यस किसिमको कार्यक्रम आयोजना गरिँदा ६४ किलोमिटरको माइलेज दिएको उनले जानकारी दिए । कम्पनीले पल्सर एनएस १२५ सीसी मोटरसाइकलको माइलेज क्षमता ६० देखि ६५ किलोमिटर रहेको दावी गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्