झापा, पुष २८ । प्रदेश नं १ को प्रदेश सभामुखमा माओवादी केन्द्रका प्रदेश सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित हुने भएका छन् ।

आज बिहान ११ बजे बस्ने प्रदेशसभाको तेस्रो बैठकबाट गौतम सभामुख चयन हुने भएका हुन् ।
लिखु गाउँपालिका–८ घर भई ओखलढुंगा १(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित ४९ वर्षीय गौतमको प्रदेश सभामुखमा एकल उम्मेदवारी दर्ता भएको छ ।

प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका उनी माओवादी पार्टीको विद्यार्थी राजनीति हुँदै पार्टीमा केन्द्रीय सदस्य छन् । प्रदेशसभा सदस्यमा निर्वाचित भएर पहिलो संसदीय अभ्यासमा नै उनले सभामुख बन्ने अवसर प्राप्त गरेका हुन् ।
प्रदेशसभा नियमावली २०७४ अनुसार सभामुख र उपसभामुखको निर्वाचन छुट्टाछुट्टै हुनेछ । पहिले सभामुखको निर्वाचन भएपछि मात्रै उपसभामुखको निर्वाचन हुने व्यवस्था छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्