झापा , पुष २८ । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट भन्सार छली गरि नेपाल भित्राउदै गरको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ ।

सिमावर्ति क्षेत्रमा प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राउदै गरेको विभिन्न प्रकारको रेडिमेट कपडा, खाद्यन्न, हार्डवेर र कस्मेटिक लगायतका सामानहरु बरामद गरेको हो । बरामद गरिएका करिव ३ लाख २१ हजार रुपैया बराबरको सामान आवश्यक कारबाहीको लागि सम्बन्धित भन्सार कार्यालयहरुमा बुझाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्