बिर्तामोड, पुष ३० । कञ्चनजंघा परोपकार समाज बिर्तामोडको चौथो बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष पार्वता बस्नेतको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं.–५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यमा कोहेड कलेजको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

दुःखमा परेका विपन्न तथा असहायलाई आशौच बार्ने कार्यमा सहयोग गर्ने उद्देश्यले ४ वर्षअघि स्थापना भएको कञ्चनजंघा परोपकार समाजले अक्षयकोषको स्थापना गरेको छ भने निकट भविष्यमा भवन निर्माण गर्ने लक्ष्य राखेको अध्यक्ष बस्नेतले जानकारी दिइन् ।
५१ जनालाई प्रमाणपत्र प्रदान गरिएको कार्यक्रममा प्रमुख अतिथि प्रसाई, चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमली, अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, पर्शुराम बुढाथोकी, देवेन्द्र हुमागााई, पुष्पलाल चौधरी, पार्वता खरेल विमली, लवकुमार चौधरी, राधिका चुडाल, घनश्याम गिरी, रुद्र दाहाललगायतले शुभकामना मन्तब्य राखेका थिए ।

संस्थाको संस्थागत प्रतिवेदन तथा भावी योजना सचिव उमा फुयाल मिश्रले प्रस्तुत गरेको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष पवित्रा सुब्बाले प्रस्तुत गरेकी थिइन् ।११ लाख ८३ हजार ५५१ रूपैयाँ रहेको अक्षयकोषलाई बृद्धि गरी चालू आर्थिक वर्षमा १६ लाख पुर्याउने लक्ष्य राखिएको सचिव मिश्रले बताइन।
संस्थाकी सचिव मिश्रले सञ्चालन गरेको कार्यक्रममा हेमकला भण्डारीले स्वागत मन्तव्य राखेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्