दमक, माघ १ । आज बिहान दमकको नमुना बजारमा भएको आगलागीबाट करोडौंको क्षति भएको छ ।

दमक नगरपालिका ६ नमुना मार्गमा रहेको राजु श्रेष्ठको जुत्ताचप्पल पसलमा बिहान ३.२० बजे बिद्युत सर्ट भई आगलागी शुरु हुँदा सोही पसलसंग जोडिएको संगीता श्रेष्ठ, बिजय श्रेष्ठ कृष्ण न्यौपाने, पुनम घिमिरेको कपडा, कस्मेटिक पसलमा समेत आगलागी भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले बताए । पसलहरुमा भएको क्षतिको यकिन विवरण संकलन भइनसके पनि करोडौं मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।

क्षतिको विवरण आउन बाँकी रहेको डीएसपी पाठकले बताए । उक्त आगो झापाको दमक ,गौरादह र कमलको दमकल, मोरङ उर्लावारी र पथरीको दमकल, ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा बिहान ६ बजेर ५ मिनेटमा नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्