झापा, माघ १ । कन्काई माई मेला भरेर फर्किदै गरेका एकजनाको बसको ठक्करबाट मृत्यु भएको छ ।

आज साँझ ६.२० बजे कन्काई नगरपालिका ३ स्थित पवित्रा पेट्रोल पम्पनजिक बसले ठक्कर दिँदा पैदलयात्री कन्काई ७ का ४४ वर्षिय केशव नेपालको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ख३४२० नं को बसले नेपाललाई ठक्कर दिएको थियो । घाइते नेपाललाई उपचारका लागि बिर्तामोडको बीएण्डसी हस्पिटल ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । दुर्घटनापछि बस र बस चालकलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्स्पेक्टर अशोक जवेगुले जानकारी दिए ।