झापा, माघ २ । यती एयरलाइन्सको एटिआर-७२ बीमान दुर्घटनामा परेर मृत्यु भएकाहरुको शव व्यवस्थापन र बिमा रकम भुक्तानीमा सहजिकरण गर्ने निणर्य भएको छ ।

सोमबार बिहान राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सो निणर्य गरेको बिमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवालले जानकारी दिए । ‘बीमाको रकम भुक्तानीमा समस्या छैन्’ अध्यक्ष सिलवालले भने- ‘बीमा रकम प्राप्त गर्ने व्यवस्था हुन्छ, शव व्यवस्थापनमा कसरी आफन्तहरुलाई सहजीकरण गर्ने भन्नेबारे छलफल भएको छ ।’ बैठकमा मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु र राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ अनिल पोखरेलसहितका अधिकारी सहभागी थिए । पोखराको सेती खोंचमा भएको दुर्घटना परेर ज्यान गुमाएका विदेशी नागरिकको शव पोष्टमार्टम गरेर विदेश पठाउने व्यवस्था गरिने अध्यक्ष सिलवालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्