झापा , माघ ३ । बैंकिङ कसुर मुद्धामा फरार एक प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कनकाई नगरपालिका वडा नं ४ बस्ने २८ वर्षिय शिवु सुवेदी रहेका छन् । उच्च अदालत बिराटनगर इलाम इजलास, इलामको २०७९ असार ८ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्धामा उनलाई एक दिन कैद, १ लाख ५ हजार रुपैयाँ जरिवाना र पीडित राहत कोषमा ४ हजार २०० रुपैयाँ जम्मा गर्नु पर्ने सुनाइएको थियो ।

फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलवार पक्राउ गरेको हो । झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्