झापा , माघ ६ । बाँकेको नेपालगन्जबाट काठमाडौँका लागि उडेको श्री एयरको विमान झापामा अवतरण भएको छ ।

काठमाडौँ विमानस्थलमा भिजिबिलिटी कम भएका कारण श्री एयरको ४४० विमानलाई झापा डाइभर्ट गरिएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए । भिजिबिलिटी क्लियर भएपछि ९ बजेर ४५ मिनेटमा सो विमान झापाबाट काठमाडौँका लागि उडेको प्रवक्ता सिटौलाले जानकारी दिए । ७ बजे नेपालगन्जबाट उडेको श्री एयरको सो विमान ९ बजेर ६ मिनेटमा चन्द्रगढी विमानस्थलमा अवतरण गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्