झापा , माघ ६ । झापाको भद्रपुर विमानस्थलमा ब्राउनसुगरसहित एक यात्रु पक्राउ परेका छन् ।

हिजो साँझ ६.५५ बजे बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाण्डौं जान लागेका लमजुङ बेशीसहर नगरपालिका वडा नं.६ घर भई हाल काठमाण्डौं महानगरपालिका वडा नं. ५ बसपार्क मिलन टोलमा डेरा गरी बस्ने २४ वर्षिय युकेन गुरुङ ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।

बिमानस्थल सुरक्षा गार्ड झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गुरुङले ट्राउजरको ईजार रहने प्वालभित्र लुकाई राखेको १२ ग्राम ब्राउनसुगर बरामद गरेको थियो । उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको डीएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्