झापा , माघ ६ । कालीमाता मठमन्दिर ब्यवस्थापन समिति बिर्तामोड ९ नडियाबारीको आयोजना ,बिर्तामोड नगरपालिका ९ नम्बर वडा कार्यालयको सहकार्य एवम् बिएण्डसी अस्पतालको प्राविधिक सहयोगमा क्यान्सर रोगसम्बन्धी एक दिवसीय जनचेतनामुलक कार्यक्रम हुने भएको छ ।

यहि माघ ८ गते आईतबारका दिन दिउँसो ११ बजे बिर्तामोड–९, नडियाबारीस्थित खप्तडी बुढाथोकी भवनमा सो कार्यक्रम आयोजना हुने भएको हो ।

बिर्तामोड नगरपालिका वडा न.ं–९, नडियाबारीआसपास क्षेत्रमा रहेका टोल विकास संस्था तथा किर्तन मण्डलीका महिलाहरुलाई लक्षित गरी पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी सो जनचेतनामुलक कार्यक्रम बिएण्डसी अस्पतालका वरिष्ठ क्यान्सर विशेषज्ञ डाक्टरहरुद्वारा गरिने भएको छ । साथै माघ ९ गते कार्यक्रममा सहभागी महिलाहरुको बिएण्डसी अस्पतालमा निःशुल्क पाठेघर क्यान्सरको जाँच तथा परीक्षण गर्ने कार्यक्रम समेत रहेको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष युवराज रोक्काले बताए ।

मन्दिर समितिले सामाजिक रुपान्तरणको अभियानमा धार्मिक र सामाजिक गतिविधि गर्दै आएको उपाध्यक्ष तुलबहादुर बुढाथोकी (रविन) ले बताए । मन्दिर ब्यवस्थापन समितिका सचिव जगत कटुवालले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्