भद्रपुर, माघ ६ । भद्रपुर– ५ देवीवस्तीस्थित रामविलास कामतको गोठमा गएराति आगलागी भएको छ ।

गोठमा आगलागी हुँदा एउटा बाछी मरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुईवटा दुहुनो गाई र एउटा बाछी जलेर घाइते भएका छन् । राति ११ बजे गोठमा लागेको आगो भद्रपुर नगरपालिकाको वारुणयन्त्र र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्