मेचीनगर, माघ ६ । मेची उद्योग बाणिज्य संघको १८ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

प्रदेश १ का खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तीलबिक्रम मेयाङवोले साधारणसभाको उद्घाटन गरे । मन्त्री मेयाङवोले सरकारको तीन खम्बे नीतिलाई निजी क्षेत्र, सहकारीलगायतले मुलुकको अर्थतन्त्र उकास्न मुख्य भूमिका निर्वाह गरिरहेको बताए ।कार्यक्रममा प्रमुख अतिथि मन्त्री मेयाङवो, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रदेश नं.१ प्रदेशसभा सदस्य सबिना बजगाई, पूर्व प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरिया, नेपाली कांग्रेस नगर सभापति सुदय पनेरु, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङ, मेची उद्योग बाणिज्य संघका पूर्व अध्यक्षहरु नरेन्द्र खड्का, केशवराज पाण्डे, विजय डालमिया, पंकजबिक्रम नेम्बाङ, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीलगायत उपस्थिति रहेको थियो ।

साधारण सभामा संस्थाले २ जना पत्रकारलाई आर्थिक पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा जन–संसद अनलाइनका सञ्चालक÷सम्पादक मुक्ति पौडेल र निर्माण लहर साप्ताहिकका सम्पादक रोहित काफ्ले छन् ।
उनीहरुलाई जनही १५ हजार रुपैयाँका दरले पुरस्कृत गरिएको थियो । पत्रकार छनोट समितिका सदस्य नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले सम्मानित दुवै जनाको सम्मानपत्र वाचन गरेका थिए । उद्घाटन कार्यक्रममा स्वागतसहित अध्यक्षको प्रतिवेदन मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले प्रस्तुत गरेका थिए भने सञ्चालन महासचिव ध्रुब कनालले गरे । यहि माघ २१ गते नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्