झापा , माघ ८ । झापाको कनकाईमा एक पसल फोडेर चोरी भएको छ ।

कनकाई नगरपालिका-५ निवासी प्रेमप्रसाद गौतमले सञ्चालन गरेको किराना पसल फोडेर त्यहाँ रहेको नगद १ लाख ६ हजार एक सय रुपैयाँ, खाद्यान्न सामाग्रीहरू, पेय पदार्थ, जुस, मधु, गुट्खा, पराग, चुरोट स्याम्पु, भोला गरी करिब ७५ हजारको अन्य जिन्सी सामाग्रीहरू चोरी भएको पसल सञ्चालक गौतमले जानकारी दिए । चोरी गर्ने समूहले गत माघ ५ गते रातिको समयमा काठको ढोका फोडेर नगद र जिन्सी गरी २ लाख बराबरको धनमाल लगेको पीडित गौतमले बताए । गौतमले ईलाका प्रहरी कार्यालय सुरुङ्गामा उजुरी दिएका छन् । प्रहरीले चोरी गर्नेको खोजी गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्