झापा, माघ ८ । राष्ट्रपतिको निर्वाचन फागुन २० पछि सार्ने तयारी भएको छ ।

संवैधानिक व्यवस्थाअनुसार माघको अन्तिमसम्म राष्ट्रपतिको निर्वाचन भइसक्नुपर्ने हो । तर नयाँ निर्वाचित राष्ट्रपतिको व्यवस्थापन र पुरानोको बिदाइमा समस्या पर्ने देखिएकाले कानुन नै संशोधन गरेर चुनाव सार्ने विषयमा सत्तारुढ दलहरुबीच कुराकानी भइरहेको स्रोतले जानकारी दिएको छ । “नयाँ निर्वाचित राष्ट्रपतिको एक महिनासम्मको व्यवस्थापन र पुरानोको अवस्थालाई ध्यानमा राखेर कुराकानी भइरहेको छ,” स्रोतले जानकारी दियो । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुनको अन्तिममा समाप्त हुँदैछ । एक महिनाअघि चुनाव गरिसक्ने व्यवस्थाअनुसार माघको अन्तिमसम्ममा गर्ने तयारी थियो । माघको अन्तिममा राष्ट्रियसभाको खाली रहेको स्थानमा चुनावको तयारी पनि गरिएकाले फागुनमा सार्ने तयारी गरिएको छ । तर निर्वाचन आयोगले भने राष्ट्रपतिको निर्वाचनमा समयमै हुने बताएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रपति निर्वाचनको सम्बन्धमा अहिले कुनै छलफल नभएको बताउँदै अब छलफल थाल्ने जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्