झापा, माघ ८ । युवा नागरिक समाजको भद्रपुर नगर कमिटी गठन भएको छ ।
संस्थाका जिल्ला सदस्य लक्ष्मण बस्नेतको अध्यक्षतामा जिल्ला अध्यक्ष केशव भण्डारीको प्रमुख आतिथ्य र अभियन्ता विकास ठाकुरको विशेष आतिथ्यमा सो कमिटी गठन भएको हो । कमिटीको संयोजकमा प्रेम खनाल र सहसंयोजकमा हेमलाल भट्टराई रहेका छन् । समाजका जिल्ला सचिव निराजन ओलीले संचालन गरेको कार्यक्रममा सहसचिव पुष्प पाठकले संस्थाको उद्धेश्यबारे प्रकाश पारेका थिए ।