झापा , माघ ९ । राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्यलाई प्राथमिकता दिँदा परिचयपत्र वितरण कार्यले भने प्राथमिकता पाएको छैन ।

अहिलेसम्म छापिएका सात लाख राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा थन्किएका छन् । हालसम्म सात लाख जनाको राष्ट्रिय परिचयपत्र कार्ड छपाइ सम्पन्न भए पनि एक लाख २४ हजार मात्र वितरण गरिएको छ । विभागका निर्देशक तथा सूचना अधिकारी लक्ष्मण ढकालले अहिले राष्ट्रिय परिचयपत्र वितरणभन्दा पनि विवरण सङ्कलन कार्यलाई विभागले प्राथमिकता दिएकाले छपाइ अनुसारको कार्ड वितरण हुन नसकेको बताए । उनले भने, “विभागको अहिले मुख्य काम विवरण सङ्कलन हो । सङ्कलन कार्य सम्पन्न नभएसम्म कार्ड बाँड्ने काम प्राथमिकतामा पर्दैन, प्राथमिकतामा राख्न मिल्दैन पनि।” परिचयपत्रका लागि देशैभर विवरण सङ्कलन गरिए पनि अहिले वितरण कार्य भने सिंहदरबारस्थित विभागको केन्द्रीय कार्यालय तथा काठमाडौँ र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट मात्र गरिएको छ । २०७५ मंसिर ३ गते पाँचथरको फिदिम नगरपालिका-४, शान्तिपुरकी १०१ वर्षीया वृद्धा भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर थालिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्