झापा, माघ ९ । अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’ मा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छिन् ।

सिड्नीमा आयोजना भएको फेस्टिभलमा उनलाई अवार्ड प्रदान गरिएको हो । ऋचाले सर्ट फिल्म ‘ब्लड मनी’बाट यो अवार्ड जितेकी हुन् । फिल्ममा उनले साउदी अरबमा अपराधको कसुरमा जेल सजाय भोगिरहेका व्यक्तिको श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् । फिल्ममा अभिनेत्री मिथिला शर्माले आमा र अशोक तिमल्सिनाले पतिको भूमिका निर्वाह गरेका छन् । यसका लेखक तथा निर्देशक पनि तिमल्सिना नै हुन् । १०० भन्दा बढी देशका फिल्मबीच भएको प्रतिस्पर्धामा ‘ब्लड मनी’ले सिङ्गापुरको ओल्ड फिल्म कार्निभल, ह्वाइट पिलर इन्टरनेसनल फिल्म फेस्टिभल, अथ्विक वारुणी इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘बेस्ट फिल्म अफ द इयर’को अवार्ड जितिसकेको छ । २८ मिनेटको फिल्ममा सौरभ पौडेल, पारस तिमल्सिना, विराज पराजुलीको पनि अभिनय छ । यो फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्