झापा , माघ ९ । यूएईमा हुने आईसीसी यू-१९ पुरूष विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । टोलीमा चार वैकल्पिक खेलाडी समावेश छन्। क्यानले अन्तिम १४ सदस्य टोली घोषणा गरे पनि कप्तान टुंगो लगाएको छैन। टिममा देव खनाल र गुलशन झासहित दुर्गेश गुप्ता, अर्जुन कुमाल, दिपक बोहरा, हेमन्त धामी, उत्तम थापामगर, आकाश त्रिपाठी, दीपेश कँडेल, सुवास भण्डारी, दीपक बोहरा, विशाल केसी, मिलन बोहरा र दीपक डुम्रे छन् । वैकल्पिक खेलाडीमा तुलबहादुर थापा, प्रज्ज्वल थापा, राजेश यादव र निर्मल थापा छन् । एसिया डिभिजन एक छनोटमा नेपालले हङकङ, यूएई, मलेसिया, कुवेत र सिंगापुरसँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको विजेताले सन् २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्