बिर्तामोड, माघ ९। बिर्तामोड–३ सतानु सैनिकमोड टोलका भालकोट राजवंशीको परिवारले विश्व हिन्दु महासंघ झापा शाखालाई व्यासस्थल हस्तान्तरण गरेका छन् ।

बिर्तामोड–३ बिराटपोखरीमा निर्माण गरिदिएको ब्यासस्थल एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । राजवंशी परिवारले नातिनी आश्मा राजवंशीको संझनामा ब्यासस्थल निर्माण गरिदिएका हुन् ।

दाता परिवारका भालकोट राजवंशीले आफ्नो नातिनी आश्मा राजवंशीको विराट पोखरीमा डुबेर असामयिक निधन भएको र मृतक नातिनीको संझनामा आफ्नो परिवारले रु. एक लाख नब्बे हजार खर्च गरी आठ फिट लम्बाई र ६ फिट चौडाईको पक्की ब्यासस्थल र एघार हजार खर्च गरी बाईस फूट अग्लो त्रिशूल समेत निर्माण गरिदिएको जानकारी गराए।

कार्यक्रममा विश्व हिन्दु महासंघ झापा शाखा कोषाध्यक्ष कृष्ण उप्रेती, सदस्य राधिका संग्रौला, बिराट ज्योर्तिलिङ्ग समाबेशी किर्तन मण्डलीका अध्यक्ष मनप्रसाद उप्रेतीलगायतले दाता राजवंशी परिवारको सहयोगको प्रशंसा गरेका थिए । सोही कार्यक्रममा बिहान ६ बजेबाट वैदिक पूजाअर्चना र ६ घण्टे अखण्ड किर्तन समेत गरिएको पुजारीद्वय यामनाथ खतिवडा र इश्वरीप्रसाद अर्यालले जानकारी दिए । विश्व हिन्दु महासंघ झापा शाखाका अध्यक्ष मोहन उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्व हिन्दु महासंघ झापा बरिष्ठ उपाध्यक्ष लक्ष्मी ओली, कोषाध्यक्ष कृष्ण उपेती, सदस्य राधिका संग्रौला, पशुपति आचार्य,दिपक संग्रौला,बिराट ज्योर्तिलिङ्ग समाबेशी किर्तन मण्डलीका अध्यक्ष मनप्रसाद उप्रेती,विराट शिब किर्तन मण्डलीका अध्यक्ष पुण्य प्रसाई ,गीता राजवंशी, कल्पना राजवंशी,जीवन राजवंशी,रिना राजवंशीलगायतको उपस्थिति रहेको थियो।
विश्व हिन्दु महासंघ झापाका बरिष्ठ उपाध्यक्ष लक्ष्मी ओलीले स्वागत मन्तब्य गरेको कार्यक्रमको संचालन सदस्य मिलन आलेले गरेका थिए। आश्मा राजवंशीको गत २०७९ बैशाख २६ गते तीन बर्षको उमेरमा विराट पोखरीमा डुबेर निधन भएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्