झापा, माघ ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख पूर्णप्रसाद चुडाललाई नियन्त्रणमा लिएको छ ।

अनियमितता गरेको आरोपमा चुडाललाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख पूर्णप्रसाद चुडाललाई उजुरीका आधारमा नियन्त्रणमा लिएका छौँ । उहाँ नवौँ तहको कर्मचारी हुनुहुन्छ ’ उनले भने । चुडाल यसअघि भद्रपुर विमानस्थलको कार्यालय प्रमुख रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्