झापा,माघ १० । झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल सरुवा भएर आज जाने भएका छन् ।

पर्वत घर भएका रिजाल तनहुँको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका हुन् ।
उनको ठाउँमा शिवराम पोखरेल आउने भएका छन् ।गृहमन्त्रालयले शुक्रवार गरेको निर्णय अनुसार झापाको प्रजिअमा पोखरेल आउने भएका हुन् । उनी गृह मन्त्रालयमा सहसचिव थिए ।

विराटनगर निवासी उनले यसअघि पाँचथर र मोरङ जिल्लाको स्थानीय विकास अधिकारी पदमा जिम्मेवारी सम्हालिसकेका छन् । तर, झापामा भने उनी पहिलोपटक जिम्मेवारी सम्हाल्न आउँदै छन् । उनी शुक्रवार झापा आइपुग्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्