झापा, माघ १० । नेपाल टी-ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ गरेको आरोपमा दुईजना खेलाडी पक्राउ परेका छन् ।

राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी र पूर्व राष्ट्रिय खेलाडी मेहबुव आलम पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरोले गरेको प्रारम्भिक छानबिनबाट अन्सारी र आलमसहित ५ जना खेलाडी स्पट फिक्सिङमा संलग्न रहेको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरोका एकजना अधिकृतका अनुसार फिक्सिङमा ५ जना अफिसियलको संलग्नता देखिएको छ । टी-ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन-३ स्पोर्टका सञ्चालक जतिन अहलुवालियासहित ५ अफिसिलयको संलग्नता देखिएको ती अधिकृतले बताए । स्पट फिक्सिङमा विदेशी खेलाडीहरूको पनि संलग्नता देखिएको छ । लिग सकिएको हुनाले विदेशी खेलाडीहरू अहिले नेपालमा छैनन् । स्पट फिक्सिङबारे जानकारी गराउन केन्द्रीय अनुसन्धान ब्युरोले पत्रकार सम्मेलन आयोजना गरेको छ । मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराइने केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्