झापा, माघ १० । सोलुखुम्बुका २ वटा जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ ।

reference photo

सोलुदुधकुण्ड नगरपालिका वडा नं-८ सिगानेस्थित वनमा ३ दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामकिशोर शाहले जानकारी दिए । शनिबार बिहान ९ बजेबाट शुरु भएको डढेलो अहिलेसम्म नियन्त्रणमा आएको छैन ।यस्तै सोलुदुधकुण्ड नगरपालिका ५ र माप्यदुधकोशी गाउँपालिका ५ को सिमाना क्षेत्रको रात्नागी सामुदायिक वन क्षेत्रमा आइतबारदेखि लागेको डढेलो पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्