झापा , माघ १० । मंगलबार दिउँसो गएको भूकम्पले बाजुरा र बझाङमा घरहरू भत्किएको छ।

बाजुराको बडिमालिका नगरपालिकामा २ घर भत्किएको छ । नगरपालिकाको वडा नम्बर-९ का हर्क गुरूङ र वडा नम्बर-७ का हरिचन्द उपाध्यायको घर भत्किएको हो। मानवीय क्षति केही नभएको प्रहरी प्रमुख डीएसपी सूर्य थापाले जानकारी दिए। केन्द्र बिन्दु रहेको बिच्छायामा प्रहरी र स्थानीयसँग सम्पर्क हुन नसकेको डीएसपी थापाले बताए । आज बिहानदेखि बाजुरामा बत्ती टेलिफोन छैन उच्च हिमाली क्षेत्रमा हिमपात र बेसीतिर पानी परिराछ । यसैगरी बझाङको पुरानो कृषि ज्ञान केन्द्र तथा अहिलेको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मले प्रयोग गर्दै आएको भवन भत्किएको छ । बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो। दिउँसो २ बजेर ४३ मिनेट भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्