झापा, माघ १० । बाजुरामा भूकम्पका कारण एक जनाको ज्यान गएको छ ।

दिउँसो गएको भूकम्पका कारण गौमुल गाउँपालिका–२ की जमुना रोकायाको ज्यान गएको हो ।
गौमुल गाउँपालिका–१ मा एक जना स्थानीय घाइते भएका छन् । यस्तै भूकम्पका कारण गौमुल गाउँपालिका–७ र ८ मा केही घर भत्किँदा ४० वटा भेडाको बथान पुरिएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।

यस्तै, बडिमालिका नगरपालिकामा चारवटा घर भत्किएको जानकारी प्राप्त भएको र थप विवरण संकलन भैरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख, प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको कोल्टीनजिक केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र नेपालले जनाएको छ ।
भूकम्पको धक्का नेपालका साथै भारतका सिमावर्ती क्षेत्रमा महसुस भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्