झापा , माघ १५ । नेपाली कांग्रेसका सांसद मोहन बस्नेतले प्रेमप्रसाद आचार्यका छोरीहरूको पठनपाठनको जिम्मा लिने भएका छन् ।

त्यस्तै, सांसद बस्नेतले आचार्यकी श्रीमतीलाई पनि रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धता लिएका हुन् । इलामका व्यवसायी आचार्यले गत मंगलबार संसद् भवन अगाडि आत्मदाह गरेका थिए । उपचारको क्रममा उनको बुधबार बिहान निधन भएको थियो । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बस्नेत शनिबार आचार्यको परिवारलाई भेट्न सिनामंगल पुगेका थिए । उनले परिवारलाई भेटेर सान्त्वना दिने प्रयास गरेको जानकारी दिएका छन् । सामाजिक सञ्जालमा बस्नेतले लेखेका छन्, ‘ स्व.प्रेमप्रसाद आचार्य ज्युका छोरीहरूको पठनपाठन र श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धता मैले यही सामाजिक सञ्जाल मार्फत गरेको थिए र आज प्रेमप्रसाद ज्युको श्रीमती बस्नु भएको ठाउँ सिनामंगलमै पुगी प्रत्यक्ष भेटेर उहाँ सँग थोरै भए पनि कुराकानी गरे र सान्त्वना पनि दिए साथै उहाँको रोजगारी र छोरीहरूको पठन पाठनको व्यवस्था मिलाउने जिम्मा समेत मैले लिएको छु । जय नेपाल ! ’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्