झापा, माघ १५ । संखुवासभाको भोटखोला गाउँपालिका-५ का ७३ बर्षीय गोठे राईको कुटपिटबाट मृत्यु भएको छ भने बुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा निजकै छोरा प्रेमकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत शुक्रबार राति ११ बजेको समयमा बाबु छोरा बिच घरायशी बिषयमा सामान्य वादविवाद भएको र वादविवादकै क्रममा छोराले बुबालाई लाठीले कुटपिट गर्दा घाईते भएका गोठेलाई उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । छोराको कुटपिटको कारण बुबाको मृत्यु भएको भन्ने सूचना पाए संगै प्रहरी चौकी स्याक्सिगोलाबाट खटिएको प्रहरी टोलीले प्रेमकुमार राईलाई पक्राउ गरेको हो । हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्