झापा, माघ १५ । इलाम प्रहरीले चोरीका मोटरसाइकलसहित चारजनालाई पक्राउ गरेको छ ।

गत माघ ९ गते इलाम देउमाई नगरपालिका वडा नं ९ नवमी बजारमा प्रहरी चौकी जितपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले प्रदेश नं. १–०१–०१५ प ९६८२ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा उक्त मोटरसाईकलको कागजपत्र नभएकोले चालक इलाम देउमाई नगरपालिका १ चमैता बस्ने २० वर्षिय छिरिङ तामाङलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय इलाममा राखी अनुसन्धान भईरहेको छ । सो मोटरसाईकल माघ ८ गते हराएको भनी सम्बन्धित मोटरसाईकल धनीले प्रहरी चौकी दानाबारीमा निबेदन दिएका थिए ।

त्यस्तै माघ १२ गते इलाम फाकफोकथुम गाउँपालिका ५ देउरालीमा प्रहरी चौकी एकतप्पाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकिङको क्रममा को ६ प ७७७४ नम्बरको मोटरसाईकल चोरी गरी लैजादै गरेको अवस्थामा पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ मिकुवाखोला गाउँपालिका वडा नं. ४ बस्ने २४ वर्षिय अपिल लिम्बू र सोही स्थान बस्ने २३ वर्षिय बुद्धवीर लिम्बू रहेका छन् ।सो मोटरसाईकल माघ १० गते हराएको भनी सम्बन्धित मोटरसाईकल धनीले निवेदन दिएका थिए ।

त्यस्तै माघ १३ गते इलाम माई नगरपालिका २ कबैधापमा प्रहरी चौकी दानावारीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिर्तामोड झापाबाट चोरी गरी इलामतर्फ लाँदै गरेको को २३ प ८१२३ नम्बरको २२० पल्सर मोटरसाईकल र मे ११ प ४३९१ नम्बरको अर्को पल्सर मोटरसाईकलसहित मोटरसाईकल चोरीमा संलग्न धनकुटा सागुरिगढी गाउँपालिका ५ घर भई हाल झापा कन्काई नगरपालिका २ बस्ने १५ वर्षिय सुशिल राई समेतलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्