झापा, माघ १६ । झापाको बिर्तामोडमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भारत विहार किशनगञ्ज जिल्ला गलगलियाका २५ वर्षीय दिलसाद रहमान र सोही ठाउँका २० वर्षीय सन्वाज खान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बिर्तामोड नगरपालिका– ५ जात्रुवारीमा आइतबार बेलुका डब्लुबी ७४ बीए ६७७९ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा ८ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो ।

रहमानले मोटरसाइकल चलाइरहेका थिए भने खान पछाडि सवार थिए । उनीहरू भद्रपुर नाकाबाट ब्राउनसुगर बोकेर बिर्तामोड आएका थिए । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्