झापा, माघ १६ । बाह्रदशी– ३ स्थित रामनगर आधारभूत बिद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा पुनः लक्ष्मी निरौला अधिकारी चयन भएकी छन् ।

३ बर्षे पहिलो कार्यकाल पूरा गरी उनी दोस्रो कार्यकालका लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । उनी बाह्रदशी गाउँपालिकाका कार्यपालिका सदस्य हुन् । उनी बाह्रदशी गाउँपालिका वडा नं ३ बाट दोस्रो कार्यकालका लागि वडा सदस्य निर्वाचित भएकी थिइन् ।
आफूले पहिलो ३ वर्षे कार्यकालमा विभिन्न कामहरु गरेको उनले बताइन् ।स्टेज निर्माण,राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट ६ लाख ५० हजार रुपैयाँको प्रोजेक्टर,पूर्वपट्टी २ कोठे भवन निर्माण गरिएको बताउँदै उनले पूर्वपट्टीको दुईवटा भवनको माथिल्लो तला थप्नका लागि प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयबाट १० लाख रुपैयाँ बजेट परिसकेको जानकारी दिएकी छन् ।



