झापा , माघ २० । त्रिभुवन विश्वविद्यालयले नियम विपरित स्नातक चौथो वर्षको परीक्षाको मिति सार्वजनिक गरेसँगै देशभरका विद्यार्थीहरु आन्दोलित बनेका छन् ।

त्रिविको यसै निणर्य विपरित बिहीबार भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले ताला लगाएका छन् । विद्यार्थीहरुले त्रिविले अतिनै गैरजिम्मेवार भएर स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको बताएका छन् । उनीहरु भन्छन् ‘ विश्वविद्यालयको आफ्नै आचारसंहिता विपरितको तालिका विद्यार्थीको भविष्यप्रति प्रतिकुल असर गर्ने खालको छ । ’ सामान्यतः त्रिविले परीक्षा फारम खुलेको पैतिस दिनपछि एक महिना समय दिएर निकाल्ने परीक्षा तालिका सार्वजनिक गर्ने नियम रहेको छ । तर यो पटक त्रिविले चैत ५ मा स्ववियु चुनाव गर्ने तयारी गरिरहेको हुनाले परीक्षा फारम खुलेको तीन दिन भित्रै सार्वजनिक गरिएको छ । विद्याथीहरुले प्रकाशित तालिका पनि त्रुटिपूणर् र अवैज्ञानिक रहेको बताएका छन् । उनीहरु भन्छन् ‘ तालिका परीक्षामा तयारी गर्न एकदमै असज हुने किसिमको छ । ’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्