झापा , माघ २० । ताप्लेजुङको आठराई त्रिबेणी गाँउपालिका-२ सिमलबोटेमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३९ बर्षीय सुकमाया श्रेष्ठ रहेकी छन् । बिहिबार अपरान्ह बाख्रा चराउन गएकी सुकमाया अबेर सम्म घर फर्केर नआए पछि खोजतलास गर्दै जाँदा आज बिहान घरभन्दा करिव आधा किलोमिटर टाढा करेन्ट लागि मृत अवस्थामा फेला परेकि हुन । बारीमा लत्रिएर रहेको बिजुलीको नाङ्गो तारमा छुन पुक्दा करेन्ट लागेर मृत्यु भएको अवस्थामा सुकमाया फेला परेको भनि स्थानियले अस्थायी प्रहरी चौकी फुलबारीमा जानकारी गराउन साथ तत्काल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक समेतको प्रहरी टोली खटि घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।