बिर्तामोड, माघ २० । नेपाल ट्रेड युनियन कांग्रेसमा आवद्ध वित्तीय संस्था कर्मचारी संघको नवौं जिल्ला अधिबेशनले रजनी पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

सर्वसम्मत रूपमा गठित समितिको उपाध्यक्षमा सरोज खतिवडा, सचिवमा गंगाराम भट्टराई र कोषाध्यक्षमा भुपेन्द्र बस्नेत चयन भएका छन् । समितिको सदस्यमा उद्धब सिग्देल, चुडामणि अधिकारी, बिना प्रसाईं, शर्मिला खनाल, ज्योति अग्रवाल र रेजिना राई चयन भएको निर्वाचन संयोजक जयकुमार दाहालले जानकारी दिए ।

नेपाल ट्रेड युनियन कांग्रेस झापा अध्यक्ष यज्ञप्रताप अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न अधिबेशन उद्घाटन समारोहमा कमल राजवंशी, गोपाल लोहनी, खेम भण्डारीलगायतले मन्तब्य राखेका थिए ।
भवानी प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत भवानी पाठकले गरेका थिए । कार्यक्रमका अधिकांश वक्ताहरुले संस्थाले वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरुको पेशागत सुरक्षा, अधिकार र कर्तव्यका निम्ति संगठित भएर कार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्