झापा , माघ २१ । यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा परेको छ ।

स्थानीय अनलाइन पत्रिका खालिज टाइम्सका अनुसार फ्रेबुअरी ३ मा खोलिएको बिग टिकट लक्की राफल ड्रमा कतारमा कार्यरत रन्जितकुमार पालले २३ मिलियन दिराम (८२ करोड रुपैयाँ) जितेका छन् ।


प्रत्यक्ष प्रसारण गरिएको भाग्य चिट्ठामा उनलाई फोनमार्फत सम्पर्क गर्न खोजे पनि उनले फोन उठाएनन् । उनको बारेमा थप विवरण खुल्न बाँकी रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्