झापा, माघ २१ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरण चाँडै हुने बताएका छन् ।


शनिबार बिर्तामोडमा प्रेस चौतारी नेपाल झापाको २५ औँ स्थापना दिवसको अवरसरमा प्रमुख अतिथि रहेका मुख्यमन्त्री कार्कीले यस्तो दावी गरेका हुन् ।
‘प्रदेश १ को नामकरण चाँडै हुन्छ’, मुख्यमन्त्री कार्कीले भने–‘सबै दलको सहमतिमा नामकरण गरिनेछ । यदि सहमति हुन सकेन भने पनि संविधान र कानूनबमोजिम प्रदेशको नामकरण हुन्छ ।’पत्रकारको वृतिविकास, हित र सुरक्षाका लागि प्रदेश सरकारले कार्यदल बनाएर काम गर्ने उनको भनाई छ । अघिल्लो सरकारले रोकेको पत्रकार सुरक्षा कोष र सञ्चार प्रतिष्ठानहरु कानूनबमोजिम चाँडै सुचारु हुुने समेत कार्कीको भनाई छ ।

अग्रज पत्रकारहरु सम्मानित
स्थापना दिवसको अवसरमा प्रेस चौतारी झापाका प्रथम अध्यक्ष नेत्रप्रसाद पाठक तथा ५ जना अग्रज पत्रकारहरु नकुल काजी, माधव विद्रोही, गोविन्दचन्द्र क्षेत्री, केशव आचार्यलाई सम्मान गरिएको छ ।त्यस्तै स्व.माया पकुवाललाई मरणोपरान्त सम्मान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री कार्की, सम्मानित व्यक्तित्व गोविन्दचन्द्र क्षेत्री, पे्रस चौतारी नेपालका प्रदेश इन्चार्ज गणेश पोखरेल, प्रेस सेन्टरका केन्द्रीय सदस्य लीलाराज झापाली, प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना गौतम, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, फोनिज झापाकी अध्यक्ष भूमिका फ्याक लिम्बूलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अभिनन्दन तथा सम्मान कार्यक्रमको सञ्चालन प्रेस चौतारी झापा इन्चार्ज सन्तोष आचार्य र एमाले झापाका प्रचारप्रसार विभाग प्रमुख गोपाल काफ्लेले गरेका थिए ।प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षता सम्पन्न कार्यक्रमको स्वागत सचिव प्रकाश पौडेल र सञ्चालन उपाध्यक्ष प्रदीप परियारले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्