बिर्तामोड , माघ २२ । बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको मोटरसाईकल चोरी भएको छ ।

उपप्रमुख संग्रौलाको प्रदेश ०२–०३–००८ प १७२७ नम्बरको टिभिएस कम्पनीको निलो रंगको निजी मोटरसाईकल शनिबार साँझ करीब ५ बजेर ३० मिनेटको समयमा भद्रपुर रोडमा पाकिङ गरिराखेको ठाउँबाट चोरी भएको हो ।
नगर उपप्रमुख संग्रौलाले आफूले प्रदिप फार्मेसी अगाडि पार्किङ गरेर उपहार बुक्स सेन्टरमा पुस्तक किन्न गएको समयमा मोटरसाईकल चोरी भएको बताए ।उनले पार्किङ गरेको २० मिनेट भित्रमा मोटरसाईकल चोरी भएको बताए । उप प्रमुख संग्रौलाले सामाजिक सन्जाल फेसबुकमा समेत आफ्नो मोटरसाईकल हराएकोले भेट्नुहुने,देख्नुहुने महानुभावले नजिकैको प्रहरी कार्यालयमा बुझाईदिन आग्रह गरेका छन् ।
हराएको मोटरसाईकलको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।



