एजेन्सी । टर्कीको भूकम्पको ठुलो असर देशको १० सहरमा परेको छ ।

टर्कीको गृहमन्त्री सुलेमानले ती सहर – कहमानमारश, हैटे, गाजिएनटेप, ओस्मानिये, अदियामान, सनलिउर्फा, मलेटिया, अदाना, दियारबाकिएर र किलिस भएको बताएका छन् । भूकम्पपछि प्राप्त सुरुवाती जानकारीका अनुसार यस कारण टर्की र यसका छिमेकी सिरियामा १७० भन्दा बढीको मृत्यु भएको छ । अधिकारीका अनुसार मृतकको आँकडा तीव्र रूपमा बढिरहेको छ । टर्की विपद् व्यवस्थापन विभाग एएफएडीले भूकम्पका कारण हालसम्म देशमा ७६ मानिसको मृत्यु भएको छ र ४४० मानिस घाइते छन् । यस्तै सिरियाली सरकारी मिडियाले अधिकारीलाई उद्धृत गर्दै यहाँ हालसम्म सयभन्दा बढी मरेको र २०० भन्दा बढी मानिस घाइते भएको खबर छ । अलेप्पोमा धेरै नै घर ढलेको खबर छ । सिरियाको मलेटिया सहरका गभर्नरका अनुसार भूकम्पका कारण हालसम्म २३ जनाको मृत्युको खबर छ । उनका अनुसार ४२ जना घाइते छन् र सहरमा करिब १४० घरमा क्षति पुगेको छ । उस्मानिये सहरका गभर्नरले पाँचजनाको ज्यान गएको पुष्टि गरेको छ र यसका साथै सनलिउर्फामा १७ र दियारबाकिएयरमा ६ जनाको मृत्युको खबर छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्