झापा , माघ २३ । ज्यान मार्ने उद्योगमा जिल्ला अदालत पाँचथरले दोषी ठहर गरेका तीनजना फरार प्रतिवादीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।

फालेलुङ गाँउपालिका-७ बाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । फालेलुङ गाँउपालिका-७ का २४ वर्षीय सुजन राई, २२ वर्षीय प्रकाश राई र २८ वर्षीय अनिल राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सन्तोषकुमार राईले जानकारी दिए । अदालतले उनीहरुलाई दोषी ठहर गर्दै चार वर्ष ११ महिना १८ दिन जेल भुक्ताको सजाय तोकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्