झापा , माघ २३ । पूर्व शिक्षिका लीला निरौलाको ६७ वर्षको उमेरमा निधन भएको छ ।

महेन्द्र रत्न माध्यमिक विद्यालय अनारमनीमा २०३६देखि २०६२ सम्म र शहीद दशरथ चन्द मावि चारआलीमा २०६२ देखि अवकाशप्राप्त समयसम्म अध्यापनरत शिक्षिका निरौलाको आज साँझ बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।

अत्यन्त सरल र मिलनसार लीला गुरुआमाको निधनको खबरले निकै दुःख लागेको महेन्द्र रत्न मावि भुतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजकुमार पोखरेलले बताए । मेचीनगर घर भएका स्वर्गीय निरौलाका श्रीमान दामोदर भारद्वाज , छोरीहरु पुनम शर्मा , प्रभा वंशीधर र प्रज्ञा घिमिरे रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्