झापा, माघ २३ । झापाको काँकडभिट्टा नाकाबाट तीन थान एयर गन (बन्दुक)सहित चार जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

फाइल तस्वीर

भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला बस्ने २० वर्षीय ओम साह, सोही ठाउँका २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मोहम्मद सुलतान हुसेन र २० वर्षीय बिट्टुु सरकारलाई एयर गनसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए।
मेचीनगर नगरपालिका–६ स्थित भन्सार गेट अगाडि इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट काँकडभिट्टाको संयुक्त प्रहरीले टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
भारतबाट नेपालतर्फ आइरहेका उनीहरूलाई सीमा नाकामा तैनाथ सुरक्षाकर्मीले चेकजाँच गर्दा फलाम र काठले बनाएको टमी कम्पनी उल्लेख तीन वटा एयर फेला पारेको थियो।
मेला तथा महोत्सवमा खेलाइने मनोरञ्जनात्मक खेल (बेलुन फोड्ने) मा एयर गनको प्रयोग बढी मात्रामा गर्ने गरिन्छ। नियन्त्रणमा लिएका चारै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान अघि बढाएको डीएसपी पाठकले बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्