भद्रपुर, माघ २३ । तीब्र स्मरण शक्तिमा विश्व कीर्तिमान कायम गरेका (मेमोरी किङ) उपनामले परिचित अर्पण शर्माले आफ्नो जन्मदिनको उपलक्ष्यमा सामुदायिक विद्यालयको उन्नतिका लागि भन्दै नगद ५१ हजार सहयोग प्रदान गरेका छन् ।

शर्माले भद्रपुर ३ स्थित अरनिको माविमा अध्ययनरत कक्षा ६ देखि १० का बालबालिकाहरुलाई आवश्यक विद्यालय पोशाक तथा ब्याग प्रदान गर्न विद्यालय परिवारलाई नगद ५१ हजार सहयोग गरेका हुन् ।शर्माले आफ्नो जन्मदिन विद्यालयसंग जोडिएर मनाउने सन्दर्भमा करिब ३ घण्टा त्यहाँ अध्ययनरत बालबालिकाहरुलाई स्मरण शक्ति अभिवृद्धि तालिम पनि संचालन गरेका थिए ।

शिक्षक अभिभावक संघका अध्यक्ष निमबहादुर थापाको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक. वेदप्रसाद घिमिरेले गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम खरेलले शर्मालाई जन्मदिनको शुभकामना दिँदै शैक्षिक रुपान्तरणमा उनले पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्