एजेन्सी । सिद्धार्थ मलहोत्रा र कियारा आडवाणी विवाह बन्धनमा बाँधिएका छन् ।

फिल्म ‘शेरशाह’ बाट सुरु भएको दुईको लभ स्टोरीले अब नयाँ मोड लिएको छ । सिद्धार्थ र कियाराले जैसलमेरको सूर्यगढ प्यालेसमा विवाह गरेका हुन् । सिद्धार्थ र कियाराले आफ्नो विवाहको तस्बिरलाई सोसल मिडियामा सेयर गरेका छन् । तस्बिरमा दुलहा-दुलही असाध्यै राम्रा देखिएका छन् । उनीहरू निकै खुसी पनि देखिएका छन् । कियाराले पाउडर पिंक कलरको लेहेंगा लगाएकी छिन् भने सिद्धार्थले गोल्डन शेयरवानी लगाएका छन् । सिद्धार्थ मल्होत्राले विवाहको तस्बिर सार्वजनिक गर्दै आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेका छन्, ‘अब हाम्रो पर्मानेन्ट बुकिङ भएको छ ।’ उनले थपेका छन् , ‘हाम्रो आगामी यात्रामा हामी तपाईंको आशीर्वाद र मायाको अपेक्षा गर्छौँ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्