झापा, माघ २५ । नेपाल मोबाइल वितरक संघले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली चाँडो लागू गर्न आग्रह गरेको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रम गरी संघले एमडीएमएस प्रणाली तत्काल लागू गर्न सरकारलाई आग्रह गरेको हो । एमडीएमएस प्रणाली लागू भए नेपालमा अवैध मोबाइल नभित्रिने र राजस्व पनि बढ्ने संघले जनाएको छ । अहिले अवैध मोबाइल बढी आएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने संघको सुझाव छ । यो प्रणाली लागू नहुँदा राज्यले वार्षिक दुई अर्ब रुपैयाँबराबार राजस्व गुमाएको संघको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्