एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपबाट बाहिरिएको छ ।

अन्तिम १६ को खेलमा मार्सेसँग २-१ ले पराजित भए पछि पीएसजी फ्रेन्च क्लबवाट बाहिरिनु परेको हो । पिएसजीबिरुद्ध मार्सेका लागि एलेक्स सान्चेज र रूस्लान मिलानोभ्स्कीले गोल गरेपछि अन्ततः १४ औं पटक फ्रेन्च कप उपाधि विजेता पिएसजी बाहिरिनुपरेको हो । खेलको ३१ औं मिनेटमा मार्सेका लागि एलेक्स सान्चेजले पेनाल्टीबाट गोल गर्दै सुरूआती अग्रता दिलाए पनि तर पहिलो हाफको इन्जुरी समयमा सर्जियो रामोसले गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याउन सफल भएका थिए । तर मार्सेका रूस्लान मिलानोभ्स्कीले खेलको ५७ औं मिनेटमा गोल गर्दै पुनः अग्रता दिलाए । त्यसपछि पिएसजीले गरेको केही उत्कृष्ट प्रहार मार्सेका गोल रक्षकले पटक पटक विफल बनाइदिए । मेसी र नेइमार जस्ता खेलाडीको आक्रमणलाई पनि मार्सेको बलियो रक्षापङ्तीले रोक्दा पिएसजीको फ्रेन्च कप उपाधिको यात्रा टुंगिन पुगेको थियो । फ्रान्सेली लिग वानमा मार्से शीर्ष स्थानमा रहेको पीएसजी भन्दा ८ अंकले पछि दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्