झापा , माघ २६ । झापाको गौरीगञ्जमा कक्षा ११ मा अध्ययनतर एक छात्राले आत्मत्या गरेपछि बुधबार दिनभरी सो क्षेत्र तनावग्रस्त भएको छ ।

शिक्षकले छात्रालाई कुटपिट गरेकै दिन छात्राले आत्महत्या गरेपछि परिवारले शिक्षकका कारण आत्महत्या गरेको दावी गरेको छ । मंगलबार साँझ गौरीगञ्ज माविको कक्षा ११ मा अध्ययनरत गौरीगञ्ज -३ कृपालटोलीकी सोनी राजवंशीले झुण्डिएर आत्महत्या गरिन् । विद्यालयबाट घर फर्के लगत्तै उनी घरमा झुण्डिएर आत्महत्या प्रयास गरेपछि उनलाई तत्काल उद्धार गरी मंगलबारे अस्पताल लगिएको थियो । अस्पताल पुर्‍र्याए लगत्तै उनलाई मृत घोषणा गरिएको परिवारले जनाएको छ । शिक्षक पवन दासले विद्यार्थी राजवंशीलाई कुटपिट गरेको अन्य विधार्थीहरुले जानकारी दिए । विद्यालय परिसरमा छात्र साथीहरुसँग बसिरहेको बेला शिक्षक दासले उनलाई कुटपिट गरेको उनका साथीहरु बताउँछन् । शिक्षक दासले कुटपिट गरेको भिडियो नितेश कटुवालले कैद गरेका थिए । कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा हालिदिने डरले आत्महत्या गरेको परिवारको दावी छ ।

राजवंशीको परिवारले बुधबार ईलाका प्रहरी कार्यालय गौरीगञ्जमा कुटपिट गर्ने शिक्षक विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शिक्षकलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीको भनाई छ । घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पीडितका आफन्त र कक्षा ११ का विद्यार्थीहरुले आरोपित शिक्षकहरुलाई पक्राउको माग गर्दै बुधबार बिहान ईलाका प्रहरी कार्यालय गौरीगञ्ज पुगेका थिए । विद्यार्थीको माग वेवास्था गर्दै पक्राउ गर्न ढिलाई गरेपछि आक्रोसित आफन्त र मृतकका साथीहरुले शिक्षक पवन दासको घरमा तोडफोड समेत गरे । घटनाबारे गौरीगञ्ज माविका प्रधानाध्यापक गोबिन्द घिमिरेले आफु विद्यालय बाहिर भएको जानकारी दिएका छन् । उनले आफु काठमाण्डौमा रहेको र प्राप्त जानकारी अनुसार शिक्षक दासले विधार्थीलाई सामान्य कुटपिट मात्र गरेको प्रतिकृया दिए । यता, निमित्त प्रअ कर्मा शेर्पाले समेत शिक्षक दासले सामान्य कुटपिट मात्र गरेको दावी गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्