झापा , माघ २९ । झापाको मेचीनगर नगरपालिका-४ मा गैरीगाउँबाट एक लाख १२ हजार रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको १ लाख १२ हजार रुपैयाँको अवैध सामान बरामद गरेको हो । प्रहरीले अवैध रुपमा ल्याउँदै गरेको कपडा, झोला र विभिन्न पूजामा प्रयोग हुने सामानहरू बरामद गरी आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्